दफा ५४
विशेष जिम्मेवारी बापत पाउने सुविधा
(१) कारागारको आन्तरिक व्यवस्थापनको लागि बन्दीहरूमध्येबाट; चौकीदार, नाइके वा सहनाइके तोक्न सकिनेछ।

(२) उपदफा (१) बमोजिम चौकिदार्‌, नाइके वा सहनाइके तोक्दा सम्भव भएसम्म प्रचलित कानून बमोजिम कैद कट्टा नहुने कसूरमा कैदमा रहेको बन्दीलाई तोक्नु हुँदैन।

(३) उपदफा (१) बमोजिम चौकीदार, नाइके वा सहनाइके तोक्दा एक वर्षभन्दा बढी अवधिको लागि तोक्नु हुँदैन र एक पटक चौकीदारको जिम्मेवारी -प्राप्त गरेको बन्दीले त्यस्तो जिम्मेवारी पुरा गरेको एक वर्ष पुरा नभई सोही वा अर्को जिम्मेवारी प्राप्त गर्ने गरी तोक्नु हुँदैन।

(४) उपदफा (१) बमोजिम तोकिएका चौकीदार, नाइके वा सहनाइके वा दफा २४ को उपदफा (४) बमोजिम तोकिएको शिक्षक वाः दफा २६ बमोजिम कारखानामा काम गर्ने बन्दीको हकमा देहाय बमोजिमको कैद कट्टा हुनेछः-

(क) चौकीदारको हकमा एक महिना बराबर छ दिन,

(ख) नाइकेको हकमा एक महिना बराबर पाँच दिन,

(ग) सहनाइकेको हकमा एक महिना बराबर चार दिन, (घ) शिक्षकको हकमा एक महिना बराबर छ दिन, (ङ) कारखानामा काम गर्ने कामदारको हकमा एक महिना बराबर छ दिन।